program
Donation behtan
donation behtan
donation bk
program
Donation behtan

जनसेवा केन्द्र नेपाल एक स्वयंसेवी, गैर–नाफामूलक तथा सामाजिक उत्तरदायित्वमा आधारित संस्था हो। यस संस्थाले मानविय सेवा, सामाजिक न्याय, विपद् व्यवस्थापन, व्यक्तित्व एवं समुदायिक विकासलाई केन्द्रमा राखी संस्थागत कृयाकलाप गर्दैछ।

समाजमा रहेका कमजोर, असहाय तथा जोखिममा परेका वर्गको संरक्षण, सशक्तिकरण र उत्थानका लागि सक्रिय भूमिका निर्वाह गर्नु यस संस्थाको प्रमुख लक्ष्य हो। यसका साथै विपद्का बेला उद्धार तथा व्यवस्थापनका लागि व्यक्ति र समुदायलाई आर्थिक, भौतिक र मानसिक रूपले सक्षम बनाउन अग्रसरता लिनु नै यस संस्थाको प्रमूख कार्यक्रमिक योजना हो।

जनसेवा केन्द्र नेपालले स्वयंसेवी र सामाजिक विकासमा सहकार्य, सरल जिवनशैली बिस्तार, अनुशासन परिपालना र नैतिकता मुल्य मान्यता स्थापित गराउने बिषयलाई मुख्य कार्यभार बनाएको छ। समाजिक समस्याको पहिचान र सरोकारवालाहरु सॅगको सहकार्यमा समस्याको दिगो समाधानका निम्ति रचानात्मक र सिर्जनात्मक भूमिका निर्वाह गरी सामाजिक मुद्दा एवं सरोकारका बिषयमा निरन्तर योगदान पुर्‍याउने यस केन्द्रको प्रतिबद्धता हो।

यस्तै, हामी नेपालीको व्यक्तिगत, सामाजिक र राष्ट्रिय परिचय भनेको हाम्रो आफ्नै परम्परागत मौलिक सोच, दृष्टि, कर्म, संस्कार र सभ्यता हो। ‘सर्वे भवन्तु सुखिनः’ सबै सुखी होउन् भन्ने संस्कृतको यो प्रसिद्ध श्लोकको अंश जसले समग्र विश्वको कल्याण एवं सुखको कामना गर्दछ।

हाम्रा पूर्खाहरुको यहि पवित्र एवं जगत कल्याणको उत्कृष्ट दृष्टिकोणलाई अनुशरण गर्दै यस संस्था निरन्तर परिचालित हुनेछ। उल्लेखित मान्यताबाट टाढा पुगेका हर व्यक्ति, समूह र समाजलाई क्रमिक रूपमा यहि मान्यता अंगिकार गर्ने तर्फ जनसेवा केन्द्र नेपाल लागि पर्नेछ।

बालबालिका, किशोर, युवा, वयस्क र बुज्रूक वर्ग सम्मले क्रमशः बिर्संदै गएका हाम्रा शाश्वत पहिचानलाई जीवन्त बनाउने ध्येयमा यस संस्था बिचलित नभै क्रियाशील रहनेछ।

Janasewa Photo Gallery

MORE Gallery

Media Cover

‘जनसेवा केन्द्र नेपाल’ को प्रथम साधारणसभा सम्पन्न

‘जनसेवा केन्द्र नेपाल’ को प्रथम साधारणसभा सम्पन्न

View all News & Publications